काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले उक्त क्यासिनोमा चुम्बक जडित तास र तासलाई बाहिरबाटै पढ्न सकिने लेन्स आँखामा लगाएर खेल्दै ठगी गरेको आरोप छ।
सोही कसूरमा क्यासिनो सञ्चालक तिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। उनलाई आइतबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ।
यसअघि यहि कसूरमा चार भारतीय र दुई नेपाली पक्राउ परेका थिए। पक्राउ पर्ने दुवै नेपाली महिला हुन्।
पक्राउ परेका सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मौर्य भारतीय हुन्। चिजा खड्का र भवाडी पाण्डे सोही क्यासिनोमा कार्यरत नेपाली हुन्।
यो पनि पढ्नुहोस् : ठमेलको वाल्डो क्यासिनोमा भारतीय गिरोहको धन्दाः चुम्बकजडित तास, खेलाडीका आँखामा लेन्स
Shares

प्रतिक्रिया