अपराध


नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस ८, २०८२ मंगलबार १६:४६, काठमाडौँ

भारतबाट कक्षा १० उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। 

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी गिरीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरिएको अख्यितारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए। एसएसपी गिरीले भारतको पटनाबाट कक्षा १० उत्तीर्ण गरेको भनेर नक्कली प्रमाणपत्र लिएको अख्तियारको आरोप छ। 

अख्तियारले अदालतमा पेश गरेको आरोपपत्रमा सन् १९८८ मा गिरीले पटनाबाट कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्र लिएका थिए। त्यसकै आधारमा २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङ पढेको अख्तियारको भनाइ छ। त्यस्तै, उनले २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट बीएन गरेका थिए। 

उनी २०५२ सालमा प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा भर्ना भएका थिए। त्यसपछि तिनै शैक्षिक प्रमाणपत्र पेश गरेर एसएसपीसम्म बढुवा भएको अख्तियारको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad