जेनजी आन्दोलनमा ललितपुरको नख्खु कारागारबाट भागेका भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको हैदरावादस्थित करिम नगरका २२ वर्षीय शेखर मोतम भन्ने शंकर मोतम बुधबार पक्राउ परेका हुन्। उनलाई काठमाडौँको सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चोरीको अभियोगमा कैद सजाय भोगिरहेका उनी जेनजी आन्दोलनको बेला गत भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए। बुधबार पक्राउ गरेर थप कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया