नेपाली राष्ट्रिय महिला टोली तथा एपीएफ फुटबल क्लबकी मिडफिल्डर सविता राना मगरको घुँडाको सफल शल्यक्रिया भएको छ।
डाक्टर अमित जोशीको टिमले उनको घुँडाको शल्यक्रिया गरेको हो।
एक महिनाअघि पहिलो झापा महिला गोल्डकपका दौरान सविताले घुँडामा चोट बोकेकी थिइन्।
खेलका क्रममा उनको देब्रे घुँडाको एसीएल गएपछि मंगलबार शल्यक्रिया गरिएको हो। सवितालाई अब मैदान फर्कन करिब ९ महिना लाग्नेछ।
सविताको सम्पुर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यहोर्नेछ।
चोटकै कारण सविताले इन्डोनेसियामा भएको इरान सम्मिलित मैत्रीपूर्ण खेल तथा घरेलु मैदानमा भएको साफ क्लब महिला च्याम्पियनसिप गुमाएकी थिइन्।

129
Shares

प्रतिक्रिया