अपराध


जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका कैदी खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका कैदी खोटाङमा पक्राउ

नेपालखबर
पुस ७, २०८२ सोमबार १३:३३, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा काठमाडौँको जगन्नाथ देवल कारागारबाट भागेका कैदीलाई खोटाङबाट पक्राउ गरिएको छ। 

उदयपुरका ५५ वर्षीय मन्दीप राईलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ मंसिरेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुकिछिपी बसेको सूचना पाएपछि गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार, उनी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जगन्नाथ देवल कारागारबाट भागेका थिए। त्यतिवेला उनी आगजनी र ज्यान मार्ने मुद्दामा कैद भुक्ता गरिरहेका थिए। 

उनलाई पक्राउ गरेर जिल्ला कारागार, खोटाङमा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad