ad ad

अपराध


यी हुन् नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना

यी हुन् नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना

यो तस्बिरमा बिहीबार पक्राउ परेका भुटानी शरणाार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ छैनन्। उनीहरूको तस्बिर तल छ।


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १०:१, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ।

पछिल्लोपटक बिहीबार भुटानी शरणाार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेसँगै आरोपितको संख्या १६ पुगेको हो। 

शमशेर मियाँ र टेकनाथ रिजाल

उक्त प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत १४ जना पक्राउ परिसकेका छन्। 

सो प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरूमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा छन्।

यसैगरी सोही प्रकरणमा सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परेका छन्। 

उनीविरुद्ध अदालतबाट म्याद थप गराई प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .