अपराध


आफैँ कार्यरत कार्यालयको रकम चोरीको अभियोगमा पक्राउ

आफैँ कार्यरत कार्यालयको रकम चोरीको अभियोगमा पक्राउ

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १२:२७, दाङ

दाङको घोराहीमा चोरी आरोपमा प्रहरीले आज एक युवकलाई आफैँ कार्यरत कार्यालयको रकम चोरीको अभियोगमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राइभेट लिमिटेडको (अनलाइन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न अभियोगमा घोराही उपमहानगरपालिका–३ गोग्ली घर भई सोही उपमहानगरपालिका–१५ आइरनगेटनजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान पक्राउ गरिएको हो। 

उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय (घोराही) बाट खटिएको प्रहरीले सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई १ लाख ८८ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .