कारोबार


मर्जरले बैंक एउटा घरानाको नियन्त्रणबाट बाहिर आएको छ : गभर्नर

मर्जरले  बैंक एउटा घरानाको नियन्त्रणबाट बाहिर आएको छ : गभर्नर

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १२:३८, काठमाडौँ

बैंकहरु मर्जरले एक व्यावसायिक घरानाको निणन्त्रणबाट बाहिर आएको नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

गभर्नर अधिकारीले मर्जरले कुनै एउटा निश्चित बैंकमा कुनै एउटा व्यावसायिक घरानाको नियन्त्रण रहेकामा अब अर्को बैंक मर्जर हुँदा त्यस्तो नियन्त्रण घटेको बताएका हुन्। 

उनले भने, ‘बैंकहरुको मर्जरको नीति राष्ट्र बैंकले धेरै मिहिनेत र रणनीतिक हिसाबले बनाएको अवस्था हो। संस्थाहरु धेरै भएर एक्सेस धेरै हुने विषय होइन। संस्था कम हुँदा एक्सेस बढी भएको डाटाहरुले देखाउँछ। मर्जर नीतिले एक्जिस्टिङ सेयर होल्डर गुम्ने पनि होइन। उहाँहरु त्यहीँभित्र नै हुनुहुन्छ। त्यो थोरै भए पनि छरियो। राष्ट्र बैंकको उद्देश्य बैंकिङ प्रणाली वा बैंकहरुमा सुशासन कायम गर्न थप सहयोग पुर्‍याउँछ।’

मर्जरपछि बैंकहरुको पुँजी क्षमता पनि स्वतः बढ्दै गएको छ। समग्रमा वित्तीय स्थायित्वको लागि ठूलो योगदान गरेको छ । बैंकहरु मर्जरमा जानुको खराब पक्ष आफूले कमै देखेको उनको भनाइ छ।

यही वर्ष १० वटा वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबार गरिसकेका छन् भने हिमालयन बैंक र सिभिल बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा छ।

यही सन्दर्भमा गभर्नर अधिकारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मर्जरले वित्तीय स्थायित्व कायम गर्ने बताएका हुन्। 

यो वर्ष कुन-कुन बैंक मर्ज भए?

  • नबिल र नेपाल बंगलादेश (एनबी) बैंक
  • कुमारी र एनसीसी बैंक 
  • ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु
  • नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक
  • सेञ्चुरी र प्रभु बैंक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad