ad ad

अपराध


सन्दीपका दाजुले बुझाए २० लाख धरौटी

सन्दीपका दाजुले बुझाए २० लाख धरौटी

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १२:२५, काठमाडौँ

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्।

सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार बिहान २० लाख रुपैयाँ लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन्। 

धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। अब अदालतले केन्द्रीय कारागार सुनधरामा सन्दीपलाई रिहा गर्न पत्र पठाउने छ। त्यसपछि सन्दीपलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ। 

स्वास्थ्य परीक्षण पछि मात्रै सन्दीप रिहा हुनेछन्। जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। 

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो। 

उक्त आदेशअनुसार धरौटी लिएर सन्दीपका आफन्त जिल्ला अदालतमा पुगेका हुन्। गत भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपलाई लागेको छ। 

असोज २० गते विमानस्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो। कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो। 

तीन महिना एकसाता थुनामा बसेपछि उनी रिहा हुन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .