अपराध


यी कुराप्रति सावधान हुनुहोस्...

यी कुराप्रति सावधान हुनुहोस्...

नेपालखबर
मंसिर १३ , काठमाडौँ

तपाईंले बेलैमा ख्याल गर्नुभएन भने सानो प्रलोभनमा पर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आइपर्न सक्छ। त्यसैले समयमै सचेत हुन केही कुरामा ध्यान दिनैपर्छ। 

नेपाल प्रहरीको साइबर ब्युरोले यसरी सावधानी नअपनाउँदा मानिसहरू ठगीमा परेको जनाउँदै सचेत हुन आम नागरिकलाई केही टिप्स दिएको छ। ती कुरामा थोरै मात्रै ख्याल गर्न सकियो भने पनि ठूलो क्षति हुनबाट जोगिन सकिने ब्युरोले जनाएको छ। 

ब्युरोका उपनिर्देशक पशुपतिकुमार रायले विगत केही समयदेखि  आपराधिक समूह तथा व्यक्तिले प्रविधिको दुरुपयोग गरी विभिन्न बहानामा अनलाइनबाट ठगी गरिरहेको र उक्त अपराधमा दैनिक वृद्धि भइरहेको पाइएकाले सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन्। 

उनले अनलाइनमा चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लियरेन्स गर्नुपर्ने बहाना बनाई रकम माग गरेमा विशेष सावधानी रहन र प्रहरीमा खबर गर्न आग्रह गरेका छन्। 

ब्युरोले तपाईंको नाममा अनलाइनमा चिठ्ठा पर्‍यो भनी विभिन्न बहानामा रकम माग गरेमा, सामाजिक सञ्जाल ट्र्याक गरी उक्त सञ्जालका प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी रकम माग गरेमा, साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटीपी कोड माग गरी खाताबाट रकम निकाल्नेजस्ता गतिविधिबाट समेत हुन पनि अनुरोध गरेको छ। 

यस्तै अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले नै रकम असुल गरी सामान आपूर्ति गर्ने, सामाजिक सञ्जालमा प्रेममा पारेर बैंकको खाता खोल्न लगाई एटिएम कार्ड र ओटीपी कोडलगायतका विवरण लिने, भिडिओ भाइरल गरिदिन्छु भनी रकम माग गर्ने तथा क्रिप्टोकरेन्सी वा क्वाइनमा लगानी गरे आर्थिक लाभ हुन्छ भनी रकम माग गर्नेजस्ता गतिविधिप्रति पनि सचेत रहन ब्युरोले सबैमा अनुरोध गरेको छ। 

यस्ता गतिविधिका कारण रकम ठगीमा पर्ने गरेका व्यक्तिको उजुरी प्रहरीमा आइरहेको र त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि ब्युरोले जानकारी दिएको छ। रासस

मंसिर १३, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.