ad ad

अपराध


काठमाडौंमा ५५ लाख बढीको कपडा चोरी गर्ने १० पक्राउ

काठमाडौंमा ५५ लाख बढीको कपडा चोरी गर्ने १० पक्राउ

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ३:४८, काठमाडौँ

नेपाल प्रहरीले नगदसहित कपडा चोरी गर्ने १० जना पक्राउ गरेको छ। प्रहरी वृत्त मालिगाउँको टोलीले भारत राजस्थान घर भई हाल काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिकाका २७ वर्षीय रामचन्द्र खड्का, २३ वर्षीय प्रदीप केसी, १९ वर्षीय पवन बस्नेत, २० वर्षीय दिलीप कार्की, २७ वर्षीय प्रकाश कोइराला, २२ वर्षीय प्रदीप कार्की, सिन्धुलीका ४१ वर्षीय लोकबहादुर तामाङ, ओखलढुङ्गाका ३६ वर्षीय लोकबहादुर नेपाली, सर्लाहीका ३६ वर्षीय छत्रबहादुर भट्टराई र भारत बिहारका २७ वर्षीय लालबहादुर राम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मङ्सिर २ गते सामान चोरी गरेका उनीहरुलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरिएको जानकारी दिए। कपडा चोरी गर्ने सोही गोदाममा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्दाजी रु ५५ लाख मूल्यका कपडा बरामद गरेको छ। यस्तै रु एक लाख ३० हजार रुपैयाँ बरामद भएको छ।

चोरीमा प्रयोग भएको बा१ज ५३६७ नंको ट्याक्सी र बा१९च ९९४० नंको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .