नेकपा एकीकृत समाजवादीले २०० युनिटसम्म विद्युत् निःशुल्क गर्ने घोषणा गरेको छ।
प्रतिबद्धता सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने घोषणा गरेको हो।
समाजवादीले गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गरिने उल्लेख गरेको छ।
‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरी व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख गरेको छ।
21
Shares

प्रतिक्रिया