अपराध


नायिका प्रियंका कार्कीको घरमा चोरी, अन्त कहाँ कहाँ पसे चोर?

नायिका प्रियंका कार्कीको घरमा चोरी, अन्त कहाँ कहाँ पसे चोर?

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार २१:४, काठमाडौँ

तिहारको समय मानिसहरु घर गएको र रमाइलोमा व्यस्त भएको मौका पारेर काठमाडौं उपत्यकाका ठाउँ ठाउँमा चोरी भएको छ।

प्रहरीका अनुसार तिहारको रमाइलोमा व्यस्त भएका बेला नायिका प्रियंका कार्कीको घरमा पनि चोरी भएको छ। 

ललितपुर महानगरपालिका-१८ भैंसेपाटी महतो मार्गस्थित नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका गहनासमेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ। 

प्रहरीका अनुसार कोठामा कोही नभएको मौकामा चोरी भएको हो। यसबारेमा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ। 

त्यसैगरी भक्तपुरकोसूर्यविनायक नगरपालिका-४ दधिकोट संगमटोल बस्ने ६८ वर्षीय नगेन्द्र प्रसाद पौडेलको घरमा पनि चोरी भएको छ। 

घरबाट सुनका गहना,नगद र तामाको थाली ३ थानसमेत ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ।

बर्दियाको गुलरिया नगरपालिका-४ संगमबस्ती टोल बस्ने प्रताप पोखरेलको घरबाट सुनका विभिन्न गहना, नगद  ५५ हजार रुपैयाँ र मोबाइल २ थान समेत गरी ४ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ। 

ती स्थानमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad