सुर्खेतको वीरेन्द्रनगरबाट एकजना नक्कली चिकित्सक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ बर्षीया डिलबहादुर महतारा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीका अनुसार नक्कली डाक्टर महाताराल जाजरकोटको शिवालय गाउँपालिका-१ का हुन्।
वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन्।
महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव अनुसार उनी राजी भइन्। तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए।
त्यी महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
महतारालाई पक्राउ गरेर उनि माथी प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान क्रममा उनले आफू चिकित्सक नभएको स्वीकार गरेका छन्।
उनीमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले तयारी थालेको छ।
Shares

प्रतिक्रिया