अपराध


आफ्नै दुई बच्चा मारेर सुटकेसमा फालेको आरोपमा एक महिला पक्राउ

न्युजिल्यान्डमा गत महिना भेटिएको थियो शव, दक्षिण कोरियामा पक्राउ परिन् आरोपित
आफ्नै दुई बच्चा मारेर सुटकेसमा फालेको आरोपमा एक महिला पक्राउ

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १९:०, काठमाडौँ

अगस्ट महिनाको सुरुमा न्युजिल्यान्डको अकल्यान्डमा अनलाइनमार्फत किनेको सुटकेसमा एउटा परिवारले दुई बच्चाको लास फेला पार्यो।

७ र १० वर्षका ती बच्चाको लास केही वर्षदेखि थन्क्याएर राखिएको प्रहरीको अनुमान थियो। 

यो घटनाले न्युजिल्यान्डमा हलचल मच्चायो। र, बच्चाका हत्याराको खोजी सुरु भयो। 

सोही घटनाको आरोपित महिलालाई पक्राउ गरिएको दक्षिण कोरियाली प्रहरीले जनाएको छ। 

आफ्नै दुई सन्तानको हत्या गरेर ती महिला दक्षिण कोरिया भागेको न्युजिल्यान्ड प्रहरीको भनाइ छ।

न्युजिल्यान्ड प्रहरीले दक्षिण कोरियाबाट ती महिलाको सुपुर्दगीका लागि आवेदन दिएको थियो। 

दक्षिण कोरियाली अधिकारीहरुसँग मिलेर ती महिलालाई समातिएको अकल्यान्ड प्रहरीले जनाएको छ।

कोरियाली मूलकी ४२ वर्षीया ती महिला न्युजिल्यान्डको नागरिक हुन्। आफ्ना बच्चाहरुको मृत्युपछि उनी २०१८ मा त्यहाँबाट भागेको बताइएको छ।

उनीविरुद्ध इन्टरपोलले पक्राउ पुर्जी जारी गरेको थियो। बिहीबार मध्यरातमा दक्षिण कोरियाका उल्सान सहरमा उनलाई पक्राउ गरिएको हो।

ती महिलाको परिवार केही वर्षदेखि अकल्यान्डमा बसिरहेको थियो। ती बच्चाहरुका बुबाको क्यान्सरको कारण मृत्यु भएको थियो। तर, बच्चाका हजुरबाहजुरआमा अझै न्युजिल्यान्डमै रहेको बताइएको छ।

प्रहरीले सुपुर्दगीपछि ती महिलालाई जमानत नदिन आवेदन दिएको छ। 

सुटकेसमा लास फेला पार्ने परिवार निकै तनावमा परेको जनाइएको छ। बीबीसी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad