ad ad

अपराध


काभ्रेस्थली घटना : दुई छोराछोरी र पत्नीमाथि चक्कु हानेपछि झुन्डिए दिनेश

काभ्रेस्थली घटना : दुई छोराछोरी र पत्नीमाथि चक्कु हानेपछि झुन्डिए दिनेश

उजिर कार्की
साउन १६, २०७९ सोमबार १४:५९, काठमाडौँ

तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खाटमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि चक्कु हानेका थिए। तीनैजनाको चक्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए। 

पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए। तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए।

प्रहरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सुतिरहेकै बेला चक्कु हानिएको पाइएको छ। दुवै छोराछोरीको शव रगताम्य अवस्थामा खाटमै भेटिएको हो। 

अर्कातिर श्रीमतीको शव भने भुइँमा लडेको अवस्थामा पाइएको छ। उनको शरीरका दर्जनौँ स्थानमा चक्कु हानिएको छ। 

गोरखाको भीमसेन थापा गाउँपालिका-६ का आश्राङका स्थायी बासिन्दा उनीहरु तारकेश्वर नगरपालिका २ मा पनि घर बनाएर बस्दै आएका थिए। 

श्रीमती र छोराछोरीको ज्यान लिएपछि दिनेशले अर्को कोठामा गएर झ्यालको रेलिङमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

पाण्डे परिवारको घर नजिकैको चोकमै फेन्सी र इलेक्ट्रोनिक पसल पनि छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .