अपराध


गायिका दिलमायाका हत्या आरोपी कारागार चलान

गायिका दिलमायाका हत्या आरोपी कारागार चलान

नेपालखबर
साउन ९, २०७९ सोमबार १३:२३, काठमाडौँ

लोक गायिका  दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाउन आदेश दिएको हो। 

अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

गायिका दिलमायाको हत्या भएको निष्कर्षमा यसकारण पुग्यो प्रहरी
सूर्यले भनेकै ठाउँमा भेटियो गायिका दिलमायाको सल, तर हत्या स्वीकारेनन्

पोष्टमार्टम रिपोर्ट : लोकगायिका दिलमायाको मुत्युको कारण ‘झुन्डिएर’

गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी सूर्यलाई ५ दिन थुनामा राख्न अनुमति

लोकगायिका दिलमायाको रहस्यमय मृत्यु : प्रेमीको बयान र हराएको मोबाइलले जन्मायो शंका

गत असार ११ काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा दिलमाया मृत फेला परेकी थिइन्। 

३३ की दिलमायाको हत्या भएको भन्दै उनका बुबा केशर कामीले सूर्यविरुद्ध किटानी जाहेरी दिएका थिए। 

मृतकको घाँटीमा डाम देखिएपछि प्रहरीले पनि हत्याको आशंका गरेको थियो।

अनुसन्धानपछि दिलमायाको घाँटीमा झुण्डाएर हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।

हत्या भएको रात दिलमायाकै कोठामा सूर्य पनि बसेका थिए। तर उनी राति नै भागेका थिए।

दिलमायाको मोवाइल फेला परेन भने सल पनि सूर्यले महाराजगन्जमा फालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad