ad ad

कर्पोरेट


सामसङको फ्लड केयर अभियान : बाढीले बिगारेका उत्पादन निःशुल्क बनाइदिने

सामसङको फ्लड केयर अभियान : बाढीले बिगारेका उत्पादन निःशुल्क बनाइदिने

नेपालखबर
असोज १८, २०८१ शुक्रबार २०:३०, काठमाडौँ

सामसङले बाढी प्रभावित ग्राहकको पीडामा मल्हम लगाउन फ्लड केयर नेपाल-२०२४ अभियान घोषणा गरेको छ। जसअन्तर्गत सामसङले बाढीले बिगारेका उत्पादन निःशुल्क बनाइदिने भएको छ।

कुनै पनि सामसङ उत्पादन बाढीका कारण प्रभावित भएका छन् भने मद्दत गर्न देशका विभिन्न ठाउँमा २७ वटा सेवाकेन्द्र तोकेको छ।

‘हाम्रा मूल्यवान ग्राहकलाई सहयोग गर्न सामसङले फ्लड केयर २०२४ अभियान सुरु गरेको छ, जहाँ हामीले पानीले क्षति पुगेका सामसङका उत्पादनहरूको मर्मत, सम्भार र पार्टपुर्जाहरू बिनाशुल्क उपलब्ध गराउनेछौँ। यो सेवा वारेन्टी अवधिभित्र रहेका पानीबाट क्षतिग्रस्त सामसङ उत्पादनमा लागू हुन्छ।’

ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रबाट १८ असोजदेखि २७ असोजसम्म सेवा लिन सक्ने सामसङले जनाएको छ।

उपभोक्ताहरूले आफ्नो समस्या दर्ता गर्न २७ असोजसम्मको समय दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .