नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ। दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ।
नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २ सय एभोकाडोका बिरुवा रोपिएको छ। नबिल बैंक तथा लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा भएको कार्यक्रममा काठमाडौँको टोखा नगरपालिका–२ का वडा कार्यालयले संरक्षण गर्ने गरी वृक्षारोपण गरिएको हो।
वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीसहित अन्य कर्मचारी, वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठसहित स्थानीयको उपस्थिति थियो । उक्त अभियानले वातावरण संरक्षण तथा समुदायको आर्थिकस्तर बलियो बनाउन योगदान पुर्याउने बैंकको विश्वास छ।
Shares

प्रतिक्रिया