नेपाल टेलिकमले हिमाली जिल्ला डोल्पाको दुनै क्षेत्रमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याएको छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान र ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। यो क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सयम मिटरको उचाइमा पर्छ।
त्यस्तै, ताप्लेजुङको ओलाङचुङ गोला क्षेत्रमा पनि शनिबारबाट ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ। यो क्षेत्र समुद्री सतहबाट करिब तीन हजार चार सय मिटरको उचाइमा पर्छ।
यसपछि बाजुराको बडिमालिका मन्दिर क्षेत्रमा ‘फोरजी’ सेवा सञ्चालन गर्ने तयारी रहेको टेलिकमले जनाएको छ। यो क्षेत्र समुद्री सहतबाट चार हजार दुई सय मिटरको उचाइमा पर्छ।
यससँगै सगरमाथा आधारशिविरमा पनि ‘फोरजी’ सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको टेलिकमले जनाएको छ। दुर्गम हिमालदेखि सुदूरपश्चिम र देशभरका बस्तीलाई डिजिटल रूपमा जोड्ने अभियान जारी रहेको टेलिकमको भनाइ छ।
Shares

प्रतिक्रिया