ad ad

कर्पोरेट


सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

नेपालखबर
फागुन २९, २०७८ आइतबार १६:४१, काठमाडौँ

सिभिल बैंकले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन्।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा  उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो।  

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।

बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटीएमहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। 

यसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजस्व संकलन गर्न स्थापित गरिएको हो। बैंकले हालसम्म करिब ८९ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ९० अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .