ad ad

कार


‘सिटी स्प्रिट’ ब्राण्डका विद्युतीय कार नेपाल ल्याउँदै इको भिजनरी

‘सिटी स्प्रिट’ ब्राण्डका विद्युतीय कार नेपाल ल्याउँदै इको भिजनरी

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ७:३४,

श्री इको भिजनरीले विद्युतीय गाडी ल्याउने भएको छ। चिनियाँ ब्राण्ड ‘सिटी स्प्रिट’का विद्युतीय ब्राण्ड कम्पनीले नेपाल भित्र्याउन लागेको हो। ‘सिटी स्प्रिट’का दुई सिटे र चार सिटे गरी कुल २० वटा ल्याउने कम्पनीले जनाएको छ।

श्री इको भिजनरीका रविन्द्र श्रेष्ठले नेपालखबरसँग भने, ‘दुई हप्तामा नेपाल आइपुग्छन्। तत्काल २० वटा ल्याउँदै छौँ। यो निरन्तर रहिरहन्छ।’

लिथियम र लिड दुवै ब्याट्रीमा उपलब्ध ब्राण्ड कारको ८० किमि प्रतिघण्टा रहेको छ। लिथियम ब्याट्रीमा ३ वर्षको वारेन्टी हुने बताइएको छ। मोटर, कन्ट्रोलरमा २ वर्ष वारेन्टी हुनेछ। ग्रेडिबिलिटी २० प्रतिशत रहेको गाडीमा १५ किलोवाट अधिकतम पावर रहेको छ।

एकपटकको चार्जमा लिथियम ब्याट्रीमा १५० किमि र लिड ब्याट्री भएको गाडी १२० किमि गुड्नसक्ने बताइएको छ।

४ सिटेमा पावर स्टेरिङ र २ सिटेमा नर्मल स्टिेरिङ रहेको कारमा अटो गेयर रहेको छ। फुल चार्ज हुन ४ देखि ६ घण्टा लाग्ने गाडीमा रिमोर्ट सेन्ट्रल लक सिस्टम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .