हङकङको रेल ट्र्याकमा बिस्फोटक पदार्थ भेटिएको आशंकापछि रेलसेवा अवरुद्ध

हङकङको रेल ट्र्याकमा बिस्फोटक पदार्थ भेटिएको आशंकापछि रेलसेवा अवरुद्ध

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ७:५०,

काउलुन तोङ रेल स्टेसन र ताइवाई रेल स्टेसनबीचको ट्र्याकमा जुत्ताको बक्सजस्तो बस्तु भेटिएको थियो।

उक्त सामाग्री बिस्फोटक पदार्थ भएको आशंकाबीच रेल सेवालाई सीमित अवधिका लागि स्थगित गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बिहान १० बजेर ३० मिनेटमा उक्त पदार्थ रेलको ट्र्याकमा देखिएको थियो। १२ बजेर ३० मिनेटमा एमटीआर कर्पोरेसनले दुई रेल स्टेसनको सेवा अवरुद्ध भएको जानकारी दिएको थियो।

हङकङको ला वु र लोक मा चाउन एमटीआर स्टेसन चीनमा कोरोनाभाइरसको प्रकोप फैलिएदेखि बन्द गरिएको छ।

हङकङको समयअनुसार २ बजेदेखि रेल सेवा फेरि सुचारु भएको छ। उक्त सामाग्री बिस्फोटक पदार्थ नभएको प्रहरीले बताएको छ।

एक महिनाको अवधिमा रेलसेवा अवरुद्ध हुनेगरी हङकङमा चारपटक संग्दिग्ध व्यक्तिले नक्कली बिस्फोटक सामाग्री रेलको ट्र्याकमा राखेको बताइएको छ।

प्रहरीले त्यस्ता व्यक्तिको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .