ad ad

राजनीति


सत्तारुढ दलकै विद्यार्थी संगठनले माग्यो सञ्चारमन्त्रीको राजीनामा

सत्तारुढ दलकै विद्यार्थी संगठनले माग्यो सञ्चारमन्त्रीको राजीनामा

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ७:३३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले सञ्चार, तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गरेका छन्।

बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लैख्दै अध्यक्ष महरले स्वतन्त्र अनुसछन्।

सेक्युरिटी प्रेस स्थापनाका लागि एक स्वीस कम्पनीका नेपाली एजेन्टसँग बाँस्कोटाले ७० करोड कमिसन मागेको भनिएको अडिओ टेप सार्वजनिक भएपछि त्यसबारे महरले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

महरले लेखेका छन्, ‘सञ्चारमन्त्री ज्यूले राजीनामा दिएर मार्ग प्रसस्त गर्ने र यो घटनाको सत्य तथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।’

उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको सरकारले दोषीलाई कारबाही गरी कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिने बताएका छन्।

उनले आफूहरु कांग्रेसजस्तो आलम र गच्छदारलाई जोगाउन सडकमा नजाने पनि व्यंग्य गरेका छन्।

त्यस्तै अनेरास्ववियुकै अर्का नेता विजय गौतमले पार्टी सचिवालयको बैठक नै बोलाएर मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउनुपर्ने बताएका छन्। सञ्चारमन्त्री बाँस्कोटाले पनि तत्काल राजीनामा दिएर अनुसन्धानलाई सहयोग पु¥याउन उपयुक्त हुने उनले सुझाब दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .