ad ad

राजनीति


पठाओको मोटरसाइकलमा होल्डर फुकाल्दै काठमाडौंका प्रहरी

प्रहरी भन्छ–सवारीको स्वरुप परिवर्तन गर्नु गैरकानुनी हो
पठाओको मोटरसाइकलमा होल्डर फुकाल्दै काठमाडौंका प्रहरी

नेपालखबर
भदौ १८, २०७९ शनिबार १०:४१, काठमाडौँ

‘राइड सेयरिङ एप’ मार्फत उपत्यकामा संचालनमा आएका मोटरसाइलले प्रयोग गर्ने होल्डर धमाधम ट्राफिक प्रहरीले हटाउन थालेको छ। 

काठमडौं, भक्तपुर, ललितपुर लगायतका क्षेत्रमा पठाओ लगायतका एपमार्फत संचालनमा आएका मोटरसाइलमा राखिएको होल्डरका कारण दुर्घटनाको खतरा बढेको भन्दै प्रहरीले हटाउन थालेको हो। 

पठाओ चालकहरुले आफ्ना सेवाग्राही लिएपछि उक्त होल्डरमा मोबाइल राखेर नक्सा अनुसार गन्तव्यमा पुर्याउने गरेका छन्। सोही होल्डरलाई पहिचानको आधार बनाएर सडकमा बुढाबुढी, अशक्तहरुले पनि पठाओ प्रयोग गर्ने गरेका छन्। 

तर, दुर्घटना बढ्ने भन्दै प्रहरीले पछिल्ला केहीदिनदेखि होल्डर धमाधम हटाउन थालेको हो। 

पठाओका राइडरहरुलाई प्रहरीले एपमार्फत उपत्यका टनफिक प्रहरी कार्यालयबाट निर्देशन भएको जनाएको छ।

‘मोबाइल होल्डरको प्रयोग गर्नु भनेको सवारीकाे स्वरुप परिवर्तन गरेको भन्ने विषयमा गैरकानुनी हुने र प्रयोग गरेमा कारबाही गरिने भनि उपतयका ट्राफिक प्रहरी कार्यालयबाट निर्देशन भएको यहाँहरुलाई अवगत नै छ,’ पठाओ राइडरलाई पठाएको सन्देशमा भनिएको छ, ‘तसर्थ, राइडर साथीहरुलाई ट्राफिक प्रहरीको कारबाहीको दायराबाट बन्चित हुनको लागि मोबाइल होल्डरको प्रयोग नगरिदिनुहुन अनुराधे गर्दछौं। धन्यवाद।’

एकजना पठाओ राइडरले नेपालखबरसँग भने, ‘म्याप हेर्दै ड्राइभिङ गर्दा दुर्घटना हुन्छ भन्ने कुरा वाइयात हो। विदेशमा गुगल म्याप हेरेर नयाँ ठाउँमा गाडी चलाउने प्रचलन छ।’

नेपालमा पनि ४ पांग्रे सवारी साधनमा प्रहरीको नजर नपरेको उनको गुनासो छ।

पठाओ, टुटल, इन ड्राइभिङ जस्ता एपमार्फत राइडिङ सेयरिङका बारेमा पक्ष र विपक्षमा विभिनन बहस भइरहेका हुन्छन्। 

कहिले सरकारले रोक लगाउने चर्चा चलेपनि यसपटकको सूचनामा हटाउनेबारे उल्लेख गरिएको छैन्। तर, पठाओ राइडरहरुले प्रयोग गर्दै आएको होल्डर भनेर हटाउन प्रहरीले निर्देश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .