ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, अझै घट्ने सम्भावना

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, अझै घट्ने सम्भावना

नेपालखबर
माघ १०, २०८० बुधबार ७:२३, काठमाडौँ

आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको मौसमविद्ले बताएका छन्। 

तर अहिले बिहान ८:४५ बजे पुनः मापन गर्दा अझ घट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार बिहान ५:४५ मा मापन गरिए पनि आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजेको रेकर्डलाई मानिन्छ। 

मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो। आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने सम्भावना देखिएको मौसमविद् लामिछानेले बताए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

अहिले बिहान काठमाडौँ उपत्यकामा हुस्सु लागेको र भिजिबिलिटी (पारदर्शिता) केही कम रहेको जानकारी पनि मौसमविद् लामिछानेले दिए। 

‘अहिले उपत्यकाको भिजिबिलिटी २ किलोमिटर मात्रै छ, यसले कुनै कुनै जहाजलाई उडानमा समस्या पार्न सक्छ’, मौसमविद् लामिछानेले भने, ‘तर हुस्सु केही समयपछि हट्ने र भिजिबिलिटी सुधार हुँदै जाने सम्भावना छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। भन्नाले आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्नेछ।  

देशभरका लागि- उच्च भूभागमा हिमपातको सम्भावना, कस्तो रहला बाँकी क्षेत्रको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .