ad ad

बागमती


आज कस्तो छ काठमाडौँ उपत्यकाको तापक्रम र मौसम?

आज कस्तो छ काठमाडौँ उपत्यकाको तापक्रम र मौसम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस २५, २०८० बुधबार ८:३४, काठमाडौँ

केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम थोरै मात्र घटबढ भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज (बुधबार) बिहान ६:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस देखिएको छ।

हिजो (मंगलबार) सो समयमा काठमाडौँ उपत्यकाको तापक्रम ४.७ डिग्री सेल्सियस देखिएको थियो भने पछि बिहान ८:४५ बजे ४.५ डिग्री सेल्सियसमा झरेको थियो। 

आज पनि बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा केही घट्ने सम्भावना हुनछ। 

मौसमविद् अर्यालयका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। 

यस्तै काठमाडौँ उपत्यकाको मौसम आज मुख्यतया सफा रहने सम्भावना रहेको उनले बताए। यसको अर्थ आकाशमा बादल निकै कम रहने र घाम लाग्ने सम्भावना छ। 

देशभरका लागितराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, यस्तो छ आजको मौसम पूर्वानुमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .