ad ad

समाज


तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, यस्तो छ आजको मौसम पूर्वानुमान

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, यस्तो छ आजको मौसम पूर्वानुमान

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार ६:२३, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (बुधबार बिहान) कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बुधबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहेन छ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। 

आज तीन प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ।

भोलि (बिहीबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। 

तराई मधेशका भूभागमा हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ। हुस्सु कुहिरोले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .