ad ad

समाज


आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराई/मधेशमा हुस्सु र कुहिरो

आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराई/मधेशमा हुस्सु र कुहिरो

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८० शुक्रबार ६:१५, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका धेरै स्थानलाई यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ। 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

शनिबार पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली भएर उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .