ad ad

बागमती


चितवनमा ३९६ किलो गाँजासहित २ जना पक्राउ

चितवनमा ३९६ किलो गाँजासहित २ जना पक्राउ

नेपालखबर
पुस ३, २०८० मंगलबार १७:७, चितवन

चितवन प्रहरीले ३९६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान चितवनको भरतपुर महानगरपालिका-१ स्थित लोकमार्ग सडक खण्डमा भारतीय ट्रकबाट उक्त गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

पक्राउ पर्ने दुवै जना भारतीय हुन्। उनीहरू सम्बल जिल्ला बैजई थाना पूरा गाउँ बस्ने वर्ष ४५ को अनिल गिरी र साेही जिल्लाको केलादेवी थाना अपावती कुतवपुर गाउँ बस्ने वर्ष ३७ को राजपाल सिंह हुन्। गिरी ट्रक चालक हुन् भने सिंह पनि सोही ट्रकमा सवार थिए।

मुग्लिङबाट नाराणगढतर्फ आउँदै गरेको भारतीय जे.एच. ०२ डब्लु ९६३१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाएर गाँजा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई ल्याएको गाँजा र ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .