बागमती


एमाले धादिङको निर्वाचन आज, अध्यक्षका दाबेदार दुवै ओलीनिकट

प्रदेश अधिवेशनको ‘साइड इफेक्ट’ : जिल्ला अधिवेशनमा दुई गुट
एमाले धादिङको निर्वाचन आज, अध्यक्षका दाबेदार दुवै ओलीनिकट

सुनिता विष्ट
फागुन २, २०८० बुधबार १२:३१, हेटौँडा

नेकपा एमाले धादिङ जिल्लाको नयाँ नेतृत्व चयन गर्न बुधबार (आज) चुनाव हुँदै छ।

आज दिउँसो १:३० बजे मतदान सुरु हुने एमाले जिल्ला निर्वाचन कमिटीले जनाएको छ।

मंगलबार सुरु भएको बन्दसत्रको कार्यक्रममा सहमति जुट्न नसकेपछि आज मतदान प्रणालीबाटै नयाँ कार्यसमिति चयन गर्न लागिएको हो।

एमाले धादिङको अध्यक्षमा दुईजनाले दाबी गरेका छन्।

सर्वसम्मतको वातावरण बन्न नसक्दा उनीहरू प्यानल नै बनाएर निर्वाचनमा होमिन लागेका हुन्।

बहालवाला अध्यक्षसमेत रहेका भूमि त्रिपाठी दोस्रो कार्यकालका लागि पनि दोहोरिने दाउमा रहँदा अर्का नेता डा. रामकुमार अधिकारी पनि अध्यक्षको दौडमा छन्।

दुवै आकांक्षी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। तर प्रदेशमा दुवैका फरक-फरक गुट छन्। 

एक नेताका अधिकारीलाई अध्यक्ष बनाउन एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल लागिपरेका छन् भने अर्का उम्मेदवार त्रिपाठीलाई प्रदेश सचिव नवराज सिलवालको साथ छ।

गत असोज ११ गते एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न प्रदेश कमिटीको अधिवेशनदेखि प्रदेश अध्यक्ष ढुंगेल उम्मेदवार त्रिपाठीसँग रुष्ट छन्। कारण उक्त निर्वाचनमा ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अध्यक्ष पदका उम्मेदवार थिए। सो बेला त्रिपाठी दाहाललाई जिताएर आफूलाई हराउन लागिपरेको आरोप ढुंगेको छ। जसका कारण ढुंगेलले आफूनिकट डा। रामकुमार अधिकारीलाई अध्यक्ष पदको उम्मेदवार बनाएको चर्चा छ। 

बहालवाला जिल्ला अध्यक्ष त्रिपाठीलाई भने प्रदेश सचिव सिलवालको साथ छ। निर्वाचनमा होमिन त्रिपाठीलाई प्रदेश सचिव सिलवालले हौसला दिइरहेको त्रिपाठीनिकट एक नेताको भनाइ छ। 

दाहाल प्यानलबाट उम्मेदवारी दिएका सिलवाल ढुंगेलको नेतृत्वमा प्रदेश सचिवमा निर्वाचित भएका हुन्। यसरी प्रदेश अधिवेशनको ‘साइड इफेक्ट’का रूपमा धादिङ जिल्ला अधिवेशनमा दुई गुट बन्न पुगेको नेताहरूको बुझाइ छ। 

गत माघ २१ गते आइतबार कुटाकुट भएपछि रोकिएको एमाले धादिङ जिल्लाको नवौँ अधिवेशन मंगलबार (हिजो) पुन: सुरु भएको हो।

दिउँसो १:३० बजेदेखि मतदान सुरु हुने एमाले जिल्ला कमिटीका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .