मकवानपुरका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान जारी छ। त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान भइरहेको हो।
मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान भइरहेको हो।
जिल्लाको पालुङ बहुमुखी क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसको छ। मतदान अपराह्न ४ बजेसम्म जारी हुनेछ। निर्वाचनलाई लक्ष्य गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
स्ववियु सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन्।
विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने बताइएको छ।
प्रतिक्रिया