ad ad

बागमती


चितवन–२ मा सर्वदलीय बैठक जारी, केहीबेरमा मतगणना सुरु हुने

चितवन–२ मा सर्वदलीय बैठक जारी, केहीबेरमा मतगणना सुरु हुने

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ८:३८, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नेपालखबरलाई जानकारी दिए। 

आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको हो। सर्वदलीय बैठकपछि लगत्तै गणनाको तयारी गरिएको छ । 
    

क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।  जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन्।

उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्। १ सय ६१ मतदान स्थलमा  ४ सय ६० मतदान केन्द्र रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .