बागमती


बागमती प्रदेशका समस्याग्रस्त घोषित ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकिता

अन्यथा कानुनी कारबाही अगाडि बढाइने चेतावनी
बागमती प्रदेशका समस्याग्रस्त घोषित ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकिता

नेपालखबर
साउन ९, २०८२ शुक्रबार ८:२७, काठमाडौँ

बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न सूचना गरेको छ। अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ। 

बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज (साउन ९ गते) सूचना जारी गरी प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनेको हो। 

२०८२ भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानी साँवा, ब्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने निर्णय गरिएको समितिले जनाएको छ। 

समितिले चेतावनी दिँदै अगाडि भनेको छ, अन्यथा ऋण असुलीसम्बन्धी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बेहोरा सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारी गराइन्छ। 

हेर्नुहोस्, सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad