ad ad

बागमती


जसले आफ्नै डेढ करोड खर्चेर मन्दिर बनाए

जसले आफ्नै डेढ करोड खर्चेर मन्दिर बनाए

रासस
पुस ५, २०८० बिहिबार १३:४८, मनहरी

हेटौँडाका  एक जना समाजसेवीले रु  एक करोड ५० लाखको लगानीमा  मन्दिर निर्माण गरेका छन्। 

हेटौँडा उपमहानगरपालिका-७ निवासी दलबहादुर खड्काले सोही वडाको  नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन्।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे।

व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी बाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन्।

भगवान्‌को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनले बताए। 

व्यवसाय गरेर प्रशस्त आम्दानी गरेका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनी बताउँछन्।

सुरुमा ५० लाखको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताए।

वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .