बागमती


कृष्णभीरमा माइक्रोबस दुर्घटना, ६ जना घाइते

कृष्णभीरमा माइक्रोबस दुर्घटना, ६ जना घाइते

नेपालखबर
जेठ १०, २०८३ आइतबार २१:५४, हेटौँडा

धादिङमा आइतबार (आज) साँझ माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २७९६ नम्बरको माइक्रोबस धादिङको कृष्णभीर क्षेत्रमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले दिएको जानकारी अनुसार माइक्रोबसको ब्रेक अचानक काम नगर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

ब्रेक फेल भएपछि चालकले गाडी नियन्त्रणमा लिन प्रयास गरे पनि माइक्रोबस सडक किनारको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते यात्रुहरूको उद्धार गरिएको थियो। दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था सामान्य रहेको र उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम तथा ठेगाना भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार दुर्घटनापछि केही समय सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भए पनि अहिले अवस्था सामान्य बनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad