चितवन–२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने उल्लेख्य अग्रतासहित अघि देखिएका छन्।
हालसम्म गणना गरिएको २० हजार ३३१ मतमध्ये लामिछानेले १० हजार ८२२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ३ हजार २२७ मत प्राप्त गरेकी छन्। यस अनुसार रवि लामिछानेले मिना खरेलभन्दा ७ हजार ५९५ मतले अग्रता लिएका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ८४६ मत प्राप्त गरेका छन्, जुन मिना खरेलभन्दा ३८१ मतले कम हो।
नेकपाका उम्मेदवार प्रताप गुरुङले १ हजार ८४४ मत पाएका छन्। मतगणना जारी रहेको छ।
174
Shares

प्रतिक्रिया