बागमती


चितवनमा ६४ प्रतिशत मत खस्दा कुन क्षेत्रमा कति?

चितवनमा ६४ प्रतिशत मत खस्दा कुन क्षेत्रमा कति?

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १९:४४, काठमाडौँ

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ६४ प्रतिशत मत खसेको छ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा साँझ ५ बजेसम्ममा कुल मतदातामध्ये ६४ प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय, चितवनका निर्वाचन अधिकारी भीमसेन कार्काीले जानकारी दिए। 

उनका अनुसार चितवन–१ मा कुल १ लाख ४९ हजार ६४१ मतदाता रहेकोमा ९६ हजार १५४ अर्थात ६४.२६ प्रतिशत मत खसेको छ।

यस्तै, चितवन–२ मा १ लाख ३७ हजार १५२ मतदाता रहेकोमा ८७ हजार २२१ अर्थात् ६३.५९ प्रतिशत मत खसेको छ भने कुल १ लाख ५५ हजार २१२ मतदाता रहेको चितवन–३ मा १ लाख ५३ अर्थात् ६४.४६ प्रतिशत मत खसेको निर्वाचन अधिकारी कार्कीले जानकारी दिए। 

जिल्लाभर कुल ४ लाख ४२ हजार ५ मतदाता रहेकोमा २ लाख ८३ हजार ४२८ मत खसेको हो। कार्कीका अनुसार तीनवटै निर्वाचन क्षेत्रको मतपेटिका संकलनको कार्य भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad