मकवानपुरमा १०२ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ का १०२ वर्षीय टीकादत्त पौडेलले वंशगोपाल माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
वि.सं. १९८२ मा जन्मिएका उनले २०१५ यताका सबै निर्वाचनमा मतदान गर्दै आएको पौडेलको परिवारले जनाए।
शारीरिक रुपमा कमजोर रहेका उनले यसपटक छोरा कृष्ण प्रसाद पौडेलको सहयोगमा मतदान गरेका हुन्।
२०४२ को निर्वाचनमा उनी आफैँ तत्कालीन हेटौँडा नगर पञ्चायतको वडा नम्बर ६ को सदस्यका उम्मेदवार थिए।
तथापि, झिनो मतान्तरले पराजित भएको छोरा कृष्णप्रसाद पौडेलले बताए।
57
Shares

प्रतिक्रिया