आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको दुवै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।
मकवानपुर–१ मा प्रकाश गौतम र क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको हो।
गौतम रास्वपा मकवानपुरका उपसभापति हुन् भने उप्रेती जेन–जी समूहका हुन्।
यसअघि मकवानपुर–२ बाट २०७९ मा चुनाव लडेका भरत पराजुलीको चर्चा थियो। उनले त्यतिबेला १२ हजार भन्दा बढी मत ल्याएका थिए।
114
Shares

प्रतिक्रिया