काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। तथापि तापक्रम थोरै घटबढ भइरहन्छ।
यस क्रममा आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ। हिजो शुक्रबार भने यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे घटेर ५.२ डिग्री सेल्सियस कायम भएको थियो।
बिहान ५:४५ बजेको तथ्यांक सुरुवाती मापन भएकाले आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ। सबैभन्दा तल पुगेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो शुक्रबार यस्तो थियो देशका विभिन्न स्थानका तापक्रम:

Shares

प्रतिक्रिया