राजनीति


धरौटीमा रिहा भएका रविले आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै

आजै काठमाडौँ आउने, जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेलाई भेट्न सुरु गर्ने
धरौटीमा रिहा भएका रविले आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै

नेपालखबर
पुस ५, २०८२ शनिबार ७:३२, काठमाडौँ

धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्।

रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने भएका हुन्। 

झाले भनेका छन्, ‘सभापति रवि लामिछानेज्यूको विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ।’

यसपछि लामिछाने दिउँसो १:५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन्। 

उनले भनेका छन्, ‘आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ।’

यसैगरी आइतबार दिउँसो ३ बजे सभापति लामिछानेलाई वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले बताए।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछाने उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले बिहीबार दिएको आदेशअनुसार शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पौने ४ करोड धरौटी बुझाएर रिहा भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad