काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ।
यसै क्रममा आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।
हिजो शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यस आधारमा हिजोभन्दा आज चिसो बढेको छ।
यद्यपि शनिबार बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
मंसिर १९ गते ८.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम त्यसयता लगातारजसो घटिरहेको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो शनिबार यस्तो थियो देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

Shares

प्रतिक्रिया