गण्डकी


गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

नेपालखबर
मंसिर ८, २०८२ सोमबार ६:५२, काठमाडौँ

गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ।

सहिद लखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरीले हानेर घाइते बनाएका हुन्।

भवन निर्माणमा खटिने कामदारहरूलाई खाना बनाउने काममा खटिएका सोही ठाउँ घर भएका मिलन आलेले लजिस्टिक इन्जार्च थोङमाथि आइतबार राति सवा ८ बजेतिर खुकुरी प्रहार गरेको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोरखा अस्पताल पठाइएको उनले बताए।

सोही समयमा रसुवा घर भएका अर्का एक जना कामदारलाई पनि आलेले आक्रमण गरेका छन्। उनको पनि ढाड, कान र गालामा चोट लागेको वडाध्यक्ष थापाले बताए।

उनलाई पनि उपचारका लागि गोरखा अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी पुगिसकेको र फरार रहेका आक्रमणकारी आलेको खोजी भइरहेको गोरखा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad