राजनीति


पुँजीवादीले युवामा निराशा बाँडेर फाइदा उठाए: विप्लव

०८४ सालको चुनाव लड्ने उद्घोष
पुँजीवादीले युवामा निराशा बाँडेर फाइदा उठाए: विप्लव

नेपालखबर
भदौ १, २०८२ आइतबार १०:१३, कर्णाली

नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको आरोप लगाएका छन्।

अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामाले यस्तो बताएका हुन्।

पछिल्लो सयम युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको  चन्दले बताए। उनले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे।

‘जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्’, उनले भने, ‘जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ। यो चिन्ताको विषय हो।’

आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै भन्दै उनले अब उद्योगको थालनी गर्ने योजना रहेको बताए।

आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल भए पनि आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गरे। 

आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उनको भनाई थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad