बागमती


कांग्रेस बागमती संसदीय दलको नेता चयन प्रक्रिया सुरु, बानियाँले दिए उम्मेदवारी

कांग्रेस बागमती संसदीय दलको नेता चयन प्रक्रिया सुरु, बानियाँले दिए उम्मेदवारी

कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि उम्मेदवारी दर्ता गराउँदै इन्द्रबहादुर बानियाँ


नेपालखबर
साउन १४, २०८२ बुधबार १०:१६, हेटौँडा

नेपाली कांग्रेसको बागमती संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। 

दल नेता पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्।

मकवानपुरबाट निर्वाचित प्रदेश सांसद बानियाँले बुधबार बिहान बागमती प्रदेश सभा भवन परिसरमा उम्मेदवारी दर्ता गराएका हुन्।

सांसद याङ्किला शेर्पा समर्थक तथा कृष्णकुमार तामाङको प्रस्तावमा बानियाँले उम्मेदवारी दर्ता गराएका हुन्।

हिजो साउन १३ गते मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भएपछि उनले दल नेताको हैसियत गुमाएका छन्। 

यसैले बागमती कांग्रेसले नयाँ दल नेता चयनका लागि चुनावी प्रक्रिया सुरु गरेको हो। 

कुल ११० सांसद रहेको बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ।

मंगलबार कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा २२ सांसद बानियाँका पक्षमा उभिए भने १५ जनाले मात्र तत्कालीन दल नेता लामामा पक्षमा मत दिए।

नयाँ नेता चयनका लागि आजै मतदान हुने र नतिजा पनि आजै आउने यसका लागि गठित निर्वाचन समितिले जनाएको छ।

यसैबीच दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री लामाले प्रदेश सरकारमा आज बिहान ३ जना मन्त्री नियुक्ति गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad