बागमती


संसदीय दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री लामाले गरे ३ मन्त्री नियुक्ति

संसदीय दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री लामाले गरे ३ मन्त्री नियुक्ति

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीका फाइल तस्बिर


सुनिता विष्ट
साउन १४, २०८२ बुधबार ९:५२, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज बुधबार तीनजना मन्त्री नियुक्ति गरेका छन्।

हिजो (साउन १३ गते) मात्र कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले रिक्त स्थानमा ३ मन्त्री नियुक्ति गरेका हुन्। 

उनले संसदीय दलमा आफ्नाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सांसद इन्द्रबहादुर बानियाँको समूहलाई समर्थन गर्न पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेकामध्ये तीन स्थान परिपूर्ति गरेका हुन्।  

मुख्यमन्त्री लामाले आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गोविन्द लम्साल, युवा तथा खेलकुद मन्त्रीमा माया श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा गीता गुरुङलाई नियुक्ति दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad