बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण सुरु भएको छ। मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएर आएको बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सदनमा प्रस्तुत गरेका हुन्।
दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक झण्डै ६ घण्टापछि सुरु भएको हो।
कृषि मन्त्रालयलाई २ अर्ब ६३ करोड बजेट
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलका लागि बजेट २ अर्ब ६३ करोड ४२ लाख विनियोजन भएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस मन्त्रालयको लागि २ अर्ब ६३ करोड ४२ छुट्याइएको प्रदेशका अर्थ मन्त्री कुन्दनराज काफ्लेले बताए।
कृषिलाई उत्पादन र उत्पादकत्व सँग जोड्ने, प्रदेशको सबै जिल्लाका एक जिल्ला एक कृषि पकेट क्षेत्रलगाएतको कार्यक्रम ल्याइएको बताइएको छ।
यस्तै कृषि क्षेत्रमा लागेका युवा जनशक्तिलाई निक्षेप तथा कृषि सौलियत पूर्ण ऋण प्रदान गर्ने कार्यक्रम ल्याइएको बताइएको छ। दुुध जोन कार्यक्रम, कृषि ज्ञान रत्न कार्यक्रम लगाएतलाई निरन्तरता दिइने अर्थ मन्त्री काफ्लेले बताए। अलपत्र अवस्थामा रहेको दूग्ध पाउडर प्लान्डको कार्यविधि बनाएर सञ्चालनमा ल्याइने उनले बताए।
निर्वाहमुखी र विपन्न वर्गका नागरिकका लागि साना किसान प्रवर्द्धन कार्यक्रम लागू गरिने मन्त्री काफ्लले बताए।
Shares

प्रतिक्रिया