समाज


काभ्रेमा कार दुर्घटना हुँदा चार भारतीय घाइते

काभ्रेमा कार दुर्घटना हुँदा चार भारतीय घाइते

नेपालखबर
असार १, २०८२ आइतबार २१:५७, काठमाडौँ

काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकिडाँडास्थित बीपी राजमार्ग सडकखण्डमा कार दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको भारतीय नागरिक सवार बीआर ०१–डीपी १००० नं. को कार ब्रेक फेल भई सडकबाट अन्दाजी ७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा कारमा सवार भारतीय नागरिक ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे पठाइएको प्रहरीले जनाएको छ। 

प्रहरी चौकी भकुण्डेबेशीबाट गएको प्रहरी टोलीले गाडी घटनास्थलबाट निकाल्ने पहल गरिरहेको छ।

घाइतेहरू
१) चालकः देश भारत पटना बिहार बस्ने  वर्ष ४६ को अजय कुमार, हातमा  सामान्य चोट, अवस्था सामान्य

२) देश भारत पटना बिहार बस्ने वर्ष ४८ की सुनिता देवी, निधारमा चोट कम्मरमा भित्री चोट रहेको, अवस्था मध्यम

३) ऐ.ऐ. बस्ने वर्ष २० की अन्जली सिं., (केही नभएको), डिस्चार्ज।

४) ऐ.ऐ बस्ने वर्ष ३० को धिरज कुमार, (केही नभएको), डिस्चार्ज। 

उक्त कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा३ख ७३२५ नम्बरको हायस गाडीको पछाडीको भागमा ठक्कर दिँदा हायसमा क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad