कारोबार


जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्री जाँच शिविर आयोजना हुने

जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्री जाँच शिविर आयोजना हुने

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १८:५, काठमाडौँ

नेपालका लागि टाटा ग्रिन ब्याट्रीको आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले पहिलोपटक उपत्यकाबाहिर निःशुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भएको छ। 

आगामी ३० गते मंगलबारबाट चार ठाउँमा शिविर सञ्चालन गर्न लागिएको हो। 

यसअनुसार ३० गते श्रेष्ठ ट्रेडर्स बर्दिबास, ३१ गते स्टार जनरल सप्लायर्स बजरंग चोक, जेठ १ गते श्री जानकी ट्रेडर्स भानुचोक, जेठ २ गते रोशन ट्राक्टर पार्ट्स पिडारीचोकमा शिविर हुने कम्पनीको भनाइ छ। 

शिविरमा ग्राहकले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क परीक्षण गराउन पाउनेछन्। सहभागीहरुलाई टाटा ग्रिन ब्याट्री खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा अन्य उपहार वितरण समेत गरिने कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad